२२ बैशाख २०८१, शनिबार ७:२७ | 05/04/2024 9:42 AM
सन २००७ र प्रारम्भका बर्षहरु: बाँडी चुडी जय नेपाल (तैं चुप मै चुप)
त्यसपछि केहि काल: पशुपतिको जात्रा सिद्राको ब्यापार (पद बाँडाबाँड अनि सम्मानपत्र साटासाट)
अन्तरिक द्वन्द बढेपछि: भाई फुटे गवार लुटे
अपदस्त र स्वघोषणाको समय: न रहे बाँस न बजे बाँसुरी
सन २०११: वल्लो घरको नरे पल्लो घरमा सरे
सन २०१२: जसको लठ्ठी उसकै भैसी
पराजीतहरुको पिडा: छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी
सन २०१३: गर्ने भन्ने कालु मकै खाने भालु (जस लिनेमा हानाथाप)
सन २०१४ निर्वाचन अघि: कहीं नभएको जात्रा हाँडी गाउँमा
सन २०१४ निर्वाचनको सेरोफेरो: बुढी मरि भन्दानि काल पल्कियो भन्ने डर ( दलगत राजनीतिको प्रभाब)
निर्वाचन पश्चातको पहिलो महिना: नखाँउ भने दिन भरिको शिकार खाँउ भने कान्छो बाउको अनुहार
विजयको उन्माद पछिको चार महिना: काम कुरो एकातिर कुम्लो बोकी कहिले “जापान” तिर कहिले “काठमाडौँ” तिर
सन २०१४ नोभेम्बर: तिनलाई खाने बाघले उनलाई नि बाँकि राखेनन्
अहिले वर्तमान: केहीलाई निल्नु न ओकेल्नु अनि केहि अझै मोही माग्ने ढुङ्ग्रो लुकाउने
आम प्रवासी नेपालीहरुको एउटै चाहना र आवाज: बृहद र व्यापक सदस्यता वितरण!
दलीय स्वार्थ र खेलको निराकरण!!
प्रतिक्रिया